हुम्लामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुग्यो

हुम्लामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुग्यो


हुम्ला – हुम्लाको दक्षिण क्षेत्र ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । अझै २ सय भन्दा बढी विरामी परेका छन् ।ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ । यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको हो ।

सोमबार मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोरा रहेका छन् । चैत्र अन्तिम सातादेखि गाउँमा रोग फैलिएको थियो ।आइतबार मात्रै प्रभावित क्षेत्रमा प्रदेश सरकारले हेलिकोप्टरबाट औषधिसहित चार जना चिकित्सकको टोली पठाएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।