एक महिलाले १८११ रुपैयाँमा बेचिन् आफ्नै श्रीमान


एजेन्सी – केन्यामा एक महिलाले आफ्नो पती अर्कै महिलासँग देखेपछि केबल १८११ रुपैयाँमै पतीलाई बिक्री गरेकी छन् । एडना मुकावानाले आफ्नो ओछ्यानमा पतीलाई अर्की महिलासँग देखेपछि उनलाई घरबाट निकालिदिएकी छन् । यो भन्दा पहिले महिलाले आफ्नी सौतालाई केबल १७ डलर लिएर उनको पतीलाई सधैका लागि छोड्नका लागि भनेकी थिइन् ।

दोस्रो महिलाले जब उनलाई १७ डलरको प्रस्ताव गरेर आफ्नो पतिलाई सधैंका लागि छोड्न भनेपछि मुकावानले पनि उक्त प्रस्ताव स्वीकार गरेकी थिइन् । उडनाले सोही रकममा आफ्नो पतीलाई सौतालाई बेचिदिएकी हुन् । यो पैसाबाट उनले आफ्ना बच्चालाई नयाँ वर्षको अवसरमा नयाँ कपडा किनिदिएकी थिइन् । आफ्नो पतीले धोका दिएकाले आफू उनीसँग बस्न नचाहेको पनि उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement