स्मार्ट वइरेबल टेक्नोलोजीमा आधारित हुवावे ब्यान्ड ११ सिरिज सार्वजनिक

स्मार्ट वइरेबल टेक्नोलोजीमा आधारित हुवावे ब्यान्ड ११ सिरिज सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हुवावेले नेपाली बजारमा औपचारिक रुपमा ‘हुवावे ब्यान्ड ११ सिरिज’ सार्वजनिक गरेको छ ।

स्मार्ट वइरेबल टेक्नोलोजीमा आधारित ब्यान्ड ११ सिरिज स्वास्थ्य सुरक्षा खासगरी फिटनेसनमा निकै उत्कृष्ट उत्पादन रहेको कम्पनीको दाबी छ ।

कम्पनीले रन वीथ दी बिट– पावर्ड बाई हुवावेको आयोजना गर्दै सिरिज सार्वजनिक गरेको हो । नेपाली नयाँ वर्षको अवसरमा कम्पनीले मेल्टडाउनसँगको साझेदारीमा ब्यान्ड ११ सिरिज सार्वजनिक गरेको हो ।

यस अन्तर्गत उपभोक्ताले फिटनेसन सेवाका साथसाथै म्युजिक सिस्टम र उच्च टेक्नोलोजि मज्जा लिन सक्ने कम्पनीले जनाएको छ, जसमा उपभोक्ताहरूले सुताइको समयमा एचआर, एसपीओ२, एचआरभी र स्वासप्रस्वासको लेभल जान गर्न सक्नेछन् भने २४र७ मुटुको धड्कन र रक्तचापलाई समेत मापन गर्न सकिने कम्पनीले जनाएको छ ।

१०० बढी विभिन्न कार्यक्षमता र स्मार्ट ट्याकिङ सिस्टम समेत यसमा रहेको कम्पनीले जनाएको छ । यस उपकरणको ब्याट्री क्षमता १४ दिनसम्मको रहेको छ । हलुका र आकर्षक डिजाइनको यस उपकरण उपयोगका लागि निकै सहज रहेको पनि कम्पनीले जनाएको छ ।