ह्वावेले ‘हारमोनी ओएस २’ द्वारा संचालित नयाँ उत्पादन सार्वजनिक गर्‍यो


काठमाण्डु – ह्वावेले ‘हारमोनी ओएस २’ द्वारा संचालित नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । ह्वावेले बिहीबार एक कार्यक्रमकाबीच नयाँ हारमोनी ओएस २ अपरेटिंग सिस्टमद्वारा संचालित स्मार्टफोन, स्मार्ट वाच र ट्याब्लेटहरूको सार्वजनिक गरेको छ । जसमा ह्वावे मेट ४० सिरिज र ह्वावे म्याक्स मेट एक्स२, ह्वावे वाच३ सिरिज र ह्वावे मेटप्याड प्रोको नयाँ संस्करण रहेको ह्वावेले जनाएको छ ।

ह्वावेले ह्वावे फ्रि बुडस् ४, यसको नेक्स्ट–जेनेरेसन ओपन–फिट एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी)वायरलेस ब्लुटुथ इयरबड र दुई हाई–एन्ड मोनिटर, हुवाई मेट भिउ र हुवाई मेटभ्यु जिटी पनि सार्वजनिक गरेको छ ।

कम्पनीले सो अवसरमा करीव १०० अन्य ह्वावे उपकरणहरू पनि सार्वजनिक गरेको छ । जसमा स्मार्टफोन र ट्याब्लेटहरू रहेका छन् । हार्मोनीओएस २ मा चलाउन अपग्रेड गरिने जनाइएको छ । उपभोक्ताहरूलाई सबै प्रकारका परिदृश्यहरूमा सिमलेस इन्टेलिजेन्ट अनुभवको पहुँच विभिन्न उपकरणहरूमा हुने बताइएको छ ।

ह्वावेका उपभोक्ता व्यवसाय समूहका कार्यकारी निर्देशक र सीईओ रिचर्ड यूले आजको युगमा धेरै भन्दा धेरै स्मार्ट उपकरणहरुले घेरिएको बताउँदै अहिले संसारमा सबै चीजहरूसंग आफूहरु कनेक्टेड रहेको बताए ।

‘आजका दिनहरुमा हामी धेरै भन्दा धेरै स्मार्ट उपकरणहरुले घेरिएका छौं र अहिले संसारमा सबै चीजहरूसंग कनेक्टेड छौं, ’ सीईओ यूले भने, ‘हामी सबै जना र हरेक उपकरण पूर्ण रुपमा कनेक्टेड संसारको एक हिस्सा हो । हामी एउटा बढ्दो हार्मोनीओएस २ इकोसिस्टम निर्माण गर्नका लागि धेरै साझेदार र विकासकर्ताहरूसँग काम गर्न तर्फ हेर्दछौं र हाम्रा संसारभरका ग्राहकहरूलाई अझ राम्रो अनुभव, उत्पादन र सेवाहरू प्रदान गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement