ह्वावे फाइभ टेक डोमेनको सिनर्जीले नयाँ भ्यालु सिर्जना गर्ने


काठमाण्डु – ह्वावे फाइभ टेक डोमेनको सिनर्जीले नयाँ भ्यालु सिर्जना गर्ने भएको छ । ह्वावेले कनेक्ट ह्वावेद्वारा ग्लोबल आईसीटी उद्योगको लागि संचालन गरिएको एक वार्षिक फ्ल्यागशिप कार्यक्रम भएको बताएको छ ।

कार्यक्रममा ह्वावेका रोटेटिङ्ग चेयरमेन गुओ पिंगले फाइभ टेक डोमेनको सिनर्जीले नयाँभ्यालु सिर्जना गर्ने बताएका थिए ।

गुओले भने, ‘अधिकांश सरकार र उद्यमहरू डिजिटल हुँदैछन् र इन्टेलिजेन्सको प्रयोग गर्ने भएकोले आईसीटी क्षेत्रले बृद्धिको अविश्वसनीय सम्भावना देख्दछ । हामी हाम्रा साझेदारहरूसँग मिलेर यो नयाँ अध्याय अगाडि बढाउन चाहन्छौं ।’
गुओले ह्वावेको प्रमुख अभ्यासहरूमा आईसीटी प्रविधिलाई उद्योगका प्रक्रियासंग जोडेर र प्रमुख व्यापार प्रणालीहरूको सम्बन्धमा सरकार र उद्यमहरूको लागि भ्यालु सिर्जना गर्न परिदृश्य–विशेष समाधानहरू प्रदान गरेर स्मार्ट उद्यम, क्याम्पस र शहरहरू निर्माण गर्न सहयोग गर्ने बताएका थिए ।

२०२० मा 5G को विस्तार विश्वव्यापी रूपमागरिएको हुँदा कनेक्टिविटी, क्लाउड, AI, कम्प्युटिङ्ग र उद्योग अनुप्रयोगहरू सबै एक साथ आईसीटी क्षेत्रको लागि अभूतपूर्व अवसरहरू सिर्जना गर्दै छन् । त्यसैले यस वर्ष ह्वावे कनेक्टको ध्यानफाइभ टेक डोमेनको सिनर्जीले नयाँभ्यालु सिर्जना गर्ने रहेको छ ।

यसै क्रममा ह्वावेले उद्योगहरूमा आईसीटी टेक्नोलोजी प्रयोगमा ध्यान केन्द्रित गर्ने र यसको साझेदारहरूको साथ परिस्थिति–विशेष समाधानहरू प्रदान गर्दै उद्यमहरूलाई उनीहरूको व्यवसाय बढाउन र सरकारका रणनीतिक लक्ष्यहरू प्राप्त गर्न मद्दत पु¥याउन घरेलु उद्योगको बृद्धि, घटकहरूलाई फाइदा पुर्याउने जनाएको छ ।

अर्को चरणमा आफ्ना साझेदारहरूसँग आईसीटी प्रविधिहरू उद्योगमा लागू गर्न, उद्यमहरूलाई उनीहरूको व्यवसाय बढाउन र सरकारलाई घरेलु उद्योगको बृद्धि गर्ने, आफ्ना घटकहरूलाई फाइदा पु¥याउने, र समग्र गभरनान्स सुधार गर्ने रणनीतिक लक्ष्यहरू प्राप्तगर्न सहयोग गर्ने ह्वावेको लक्ष्य छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement