हुवावेद्धारा टर्कसेल र चाइना मोबाइल झेजियाङ्गसंग लाईभ परीक्षण पुरा

हुवावेद्धारा टर्कसेल र चाइना मोबाइल झेजियाङ्गसंग लाईभ परीक्षण पुरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ह्वावेले लाइभ नेटवर्कमा ८ सय जीको सार्थक परीक्षण पूरा गरेको घोषणा गरेको छ । हुवावेले टर्कसेल र चाइना मोबाइल झेजियाङ्गसंग लाईभ परीक्षण पुरा गरेको हो । यो घोषणा हुवावेले गत वर्षको सुरुवाततिर ८ सय जी ट्युनेबल अप्टिकल मोड्युलको प्रक्षेपण पश्चात गरेको थियो ।

टर्कसेल परीक्षण इस्तानबुलमा रहेको दुई डाटा केन्द्रहरुबीच ह्वावेको अल्ट्रा–हाई–स्पीड सर्भिस प्रोसेसिङ बोर्डहरुको प्रयोग गरी भएको थियो । जसले २ सय जीदेखि ८ सय जीको विभिन्न मोड्युलेसन ढांचाको प्रोग्रामयोग्य र फराकिलो समायोजनको समर्थन गर्दछ ।

च्यानल–म्याच सेपिंग (सीएमएस) टेक्नोलोजी, द लेटेस्ट फास्टर द्यान निक्युइस्ट ( एफटीएन) एल्गोरिथ्म प्रणाली र एआई न्यूरन प्रकार्य मोड्युलको उपयोग गरेर प्रणालीले प्रत्यक्ष नेटवर्कमा जटिल लिंक वातावरणको रियल टाइममा निगरानी गर्न छिटो र स्वचालित रूपबाट सिक्न र नेटवर्क ट्रान्समिसन पर्फर्मान्स अप्त्टिमाइज गर्न सक्दछ ।

यसले ४८ टीबीपीएसको एकल–फाइबर क्षमता प्राप्त गर्दै अप्टिमल स्पेक्टरल दक्षता र ट्रान्समिसन पर्फर्मान्स सुनिश्चित गर्दछ । परीक्षणले लाईभ नेटवर्कको ४ सय जी अल्ट्रा–लंग–हाउल प्रसारण क्षमतालाई पुष्टि गर्दछ जसले इस्तांबुलबाट अंकारासम्म १०४० किमी अपरिवर्तित ट्रान्समिसन गर्न सक्छ ।

टर्कसेलका सीटीओ गेडिज सेजगिनले भने ‘हामी हाम्रा विद्यमान टेक्नोलोजीलाई सुदृढ पार्न र हाम्रा नेटवर्कहरुलाई उत्कृष्ट फाइभ जी प्रयोगकर्ता अनुभवको लागि तयारीको लागि हाम्रो पूर्वाधारमा लगानी जारी राख्छौं ।’
फाइभ जी युगमा भर्चुअल रियालिटी एप्लिकेसन, अटोनोमस ड्राइभिङ्ग र स्मार्ट सिटी डिजिटल क्षेत्रहरु मुख्य आधार हुनेछन् ।

‘हामी टर्कसेलसंग काम गर्न र लाइभ नेटवर्कमा ८ सय जी डव्लूडीएम परीक्षण पूरा गर्न पाउँदा खुसी छौं जसले अल्ट्रा–हाई–स्पीड अप्टिकल ट्रान्समिशन क्षेत्रमा ह्वावेको नेतृत्वलाई प्रमाणित गर्दछ ।’ ह्वावेका ट्रान्समिशन नेटवर्क डोमेनका अध्यक्ष सिमोन लुले भने ।

उनले ह्वावे हाई–स्पीड अप्टिकल प्रसारणमा आफ्नो रणनीतिक लगानी र इनोभेसनलाई कायम राख्ने र विश्वभरमा ग्राहकहरुको लागि उच्च गुणस्तरीय, भरपर्दो र विकसित सोलुसन प्रदान गर्ने दावी गरे ।
केहि दिन पहिले चाइना मोबाइल (झेजियाङ्ग) ले ह्वावेको ८ सय जी ट्युन गर्न मिल्ने अल्ट्रा–हाई–स्पीड अप्टिकल मोड्युलको परीक्षण गरेको घोषणा गरिएको थियो ।

जसले ब्यान्डविड्थ र वेभलेन्थ स्पेसिंग समायोजनको समर्थन गर्दछ र ४८ टीबीपीएस प्रति फाइबर क्षमताको बनाउंछ, । जुन परम्परागत १०० जी नेटवर्कको क्षमता भन्दा छ गुणा छ र दस लाख समवर्ती ४ हजार प्रयोगकर्ताहरुलाई समर्थन गर्न सक्दछ ।

८० किमीको दूरीमा दुई डाटा केन्द्रहरु यो परीक्षणमा प्रयोगमा आएका थिए । जसले सफलतापूर्वक यो पुष्टि गर्दछ कि ८ सय जी सोलुसनले अपेक्षा अनुसारको प्रदर्शन देखाएको छ । यसले आगामी व्यावसायिक रिलीजको संकेत गरेको पाइन्छ ।