आईजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाण्डु- सरकारले नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

कुँवरलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement