नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा आयोजना हुन लागेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले ४ डिसेम्बरमा इटलीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल डिसेम्बर ६ तारिखमा युगाण्डासँग खेल्ने तालिका छ । त्यसपछि नेपालले १० डिसेम्बरमा युनाइटेड अरब इमिरेट्स (यूएई), १२ डिसेम्बरमा जर्सी र १४ डिसेम्बरमा क्यानडासँग मैदानमा उत्रिनेछ । त्यस्तै नेपालले १८ डिसेम्बरमा नामिबिया र २१ डिसेम्बरमा कुवेतविरुद्ध खेल्ने तालिका छ ।

प्रतियोगितामा नेपालसहित ८ राष्ट्रको सहभागिता रहनेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र युएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।

अंक तालिकाको शीर्ष ४ स्थानमा रहने टोलीले सन् २०२७ को १ दिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।