आईसीसी क्रिकेट : स्कटल्याण्डसँग भिड्दै नेपाल


काठमाण्डु – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच हुने खेलमा नेपालले टस जितेर पहिला बलिङ रोजेको छ।

टीयू मैदानमा ९ बजेबाट हुने त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले बलिङ रोजेको हो।

घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शिर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिडन लागेको हो ।

नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि बिकेट नगुमाइ नाभिबियालाइ पराजित गरेर शिर्षस्थानमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement