आइसिसी वरियतामा नेपालको सुधार


काठमाडौं – आइसिसी वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।  आइसिसीले आज (शुक्रबार) सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो । नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११औँ स्थानमा उक्लिन सफल भयो । यसअघि नेपाल १४औँ स्थानमा थियो ।

टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौँथोमा अष्ट्रेलिया र पाँचौँ स्थानमा भारत रहेको छ । त्यसैगरी छैटौंमा न्यूजील्याण्ड, सातौँमा अफगानिस्तान, आठौँमा श्रीलङ्का, नवौंमा वेष्ट इण्डिज, दशौँमा बङ्गलादेश, बाह्राँैमा स्कटल्याण्ड, तेह्रौंमा जिम्बाबे, चौधौँमा नेदरल्याण्डस, पन्ध्रौँमा आयरल्याण्ड र सोह्रौँ स्थानमा संयुक्त अरब इमिरेट्स छ ।

नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० विरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजमा २–१ को जित निकालेको थियो । त्यस्तै नेपाल एक दिवसीय वरियतामा भने १४औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement