आईसीसी विश्वकप लिग–२ आजबाट सुरु : नेपाल र यूएई भिड्ने

आईसीसी विश्वकप लिग–२ आजबाट सुरु : नेपाल र यूएई भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आजदेखि सुरु हुँदैछ। आज हुने पहिलो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै छ । खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि मैदामा सुरु हुनेछ।

यूएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा ४ खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप ४ खेल हुनेछ । जसमा नेपालले कम्तिमा ५ खेल जितेमात्र प्रतियोगितामा शीर्ष ६ भित्र प्रवेश गर्ने छ ।

नेपाल र यूएईबीच १७ एकदिवसीय खेल हुँदा नेपालले ९ खेल जितेको छ भने यूएईले ८ खेल जितेको छ ।

यसै साता दुई खेलको टी–२० आई सिरिज खेलेका दुबै टोलीले १–१ अंक बाढेका थिए ।

नेपालले आज यूएईपछि वैशाख १६ गते बुधबार ओमानसँग, वैशाख १८ गते शुक्रबार यूएईसँग र वैशाख २२ गते मङ्गलबार ओमानसँग खेल्नेछ।

यस्तै ओमान र यूएई सम्मिलित श्रृङ्खला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को श्रृङ्खला सुरु हुनेछ। उक्त श्रृङ्खला वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म चल्नेछ।

नेपालले वैशाख २९ गते मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ। यसैगरी जेठ २ गते शनिबार अमेरिकासँग खेल्नेछ भने जेष्ठ ४ गते सोमबार पुनः स्कटल्याण्डसँग र जेठ ८ गते शुक्रबार पुनः अमेरिकासँग नेपालले प्रतिस्पर्धा गर्नेछ।