काठमाण्डु-१९ वर्षमुनिको विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा शनिबार नेपाल र अफगानिस्तान खेल्दैछन् । तल्लो मूलपानी मैदानमा हुने यो खेल बिहान साढे ९ बजे शुरू हुनेछ ।
यो खेलको विजेता टोलीले जिम्बावे र नामिबियामा अर्को वर्ष हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीन वटै खेल जितेका छन् ।
नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले हराएको थियो । यस्तै अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले हराएको थियो ।
अङ्क तालिकामा नेट रनरेटका आधारमा नेपालभन्दा अफगानिस्तान अघि छ । यस्तोमा विश्वकपमा छनोट हुन नेपालले खेल जित्नैपर्ने हुन्छ ।
लगातार तीन खेलमा जित हासिल गरेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। यो सँगै यस चरणमा यो नेपालको अन्तिम खेल हुने छ।
यदि वर्षाले खेल अवरुद्ध भएमा अफगानिस्तानलाई फाइदा हुनेछ । यसअघि नेपालले ८ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ ।
प्रतिक्रिया