विश्वको जिडिपी २.८ प्रतिशतले घट्दा आइसीटी लगानी ५ प्रतिशतले बढ्याे


विलियम चाङ/काठमाण्डु – आइसीटी अब आर्थिक विकासको ड्राइभिंग फोर्स हो भन्नु कुनै बढाईचढाई नहुने मलाई लाग्छ । आइसीटीको प्रगतिद्वारा निर्देशित अर्को औद्योगिक क्रान्ति हामीमाझ आइसकेको छ ।

तर यो क्रान्ति ग्रीन रिभोलुसन अर्थात हरित क्रान्ति हुनेछ – जहाँ सिओटु उत्सर्जन घटाउनु हाम्रो हरेक कामको केन्द्रबिन्दु हुनेछ । महामारीपछिको रिकभरीलाई डिजिटल अर्थतन्त्रले बढावा दिनेछ । २०२० मा विश्वको जीडिपी २.८ प्रतिशतले घट्यो तर आइसीटी लगानी ५ प्रतिशतले बढेको छ । सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशत डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ । आइसीटी उद्योगसँग सम्बन्धित हाम्रा लागि यो रोमाञ्चक समय हो ।

नेपालमा हरेक व्यक्ति, घर र संस्थामा डिजिटल पुर्‍याउने लक्ष्यका साथ आइसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको अग्रणी प्रदायकको रूपमा ह्वावे नेपालमा नवीनतम प्रविधिहरू परिचय गराउन प्रतिबद्ध रहेको छ । कनेक्टिभिटी र कम्प्युटिङ डिजिटल अर्थतन्त्रको आधारशिला हुनेछ जुन फाइभ जी,एफ फाइभ जी, आवटी, क्लाउड र  एआईद्वारा संचालित हुनेछ । हामी नेपाली बजारमा यी प्रगतिहरू परिचय गराउने सम्भावनाले उत्साहित छौं । हामीले ब्रोडब्यान्ड कनेक्टिभिटि, डाटा सेन्टर, क्लाउड र कम्प्युटिङ र हाम्रो ग्लोबल सोध तथा विकास टोलीले विश्वसामु प्रस्तुत गर्दै आएको हरेक नयाँ इनोभेसनको माध्यमबाट नेपाली डिजिटल अर्थतन्त्रको जग निर्माण गर्न सबै आइसीटी सरोकारवालाहरूसँग साझेदारी गर्ने लक्ष्य राखेका छौं ।

डाटा विश्वको सबैभन्दा मूल्यवान रिसोर्स बन्ने बित्तिकै स्थानीयकरण एक नयाँ प्रवृत्ति भएको छ । हामी आशा गर्छौं कि नेपालले पनि क्रस-बोर्डर सूचना प्रवाह र डाटा सुरक्षा
र डाटा गोपनीयतामा विशेष ध्यान केन्द्रित गर्ने डाटा उद्योग रणनीति र नीतिहरू लागू गर्नेछ । नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डाटा सेन्टर हुनु अहिलेको आवश्यकता हो । यो नेपाली नागरिकको तथ्यांक सङ्कलन र संरक्षण गर्न मात्रै होइन एकीकृत सरकारी सेवाहरू उपलब्ध गराउन र साँच्चै डिजिटल नेपालको आधारशिलाको रूपमा काम गर्न पनि आवश्यक छ ।

लो-कार्बन र दिगो समाजको कल्पना आइसीटी उद्योगलाई अपनाएर र पूर्ण रूपमा अँगालेर मात्र गर्न सकिन्छ । नेपालका दुर्गम कुनामा पनि ब्रोडब्यान्ड कनेक्टिभिटि अत्यावश्यक भइसकेको छ – चाहे त्यो विदेशमा रहेका आफन्तहरूसँग भिडियो कल गर्न होस्, अनलाइन सिक्न होस् वा मोबाइल भुक्तानीका लागि होस् । डिजिटल कनेक्टिभिटीले व्यक्ति, साना व्यवसाय र उद्योगहरूलाई सशक्त बनाउँदैछ । नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छ तर त्यसका लागि नेपालका हरेक दुर्गम कुना पनि जोडिनुपर्छ । साथै सेवाको गुणस्तरमा सम्झौता गर्न सकिँदैन । म नेपालका नीतिनिर्माताहरुको भिजनमा विश्वास गर्दछु । मलाई नेपालका युवाहरूको प्रतिभा र सीपमा ठूलो विश्वास छ ।

आज दिउँसो, हाम्रो “लाइटिंग अप द फ्युचर” प्रदर्शनीमा हामी जीवनलाई अझ राम्रो बनाउन, व्यवसायहरूलाई स्मार्ट र समाजलाई थप समावेशी बनाउन मद्दत गर्ने समाधानहरू खोजिरहेका छौं । हाम्रो आईसिटी प्रविधिले संसारलाई अझ हरित र थप दिगो स्थान बनाउन कसरी मद्दत गरिरहेको छ भन्ने कुरा खुलाउन पाउँदा हामी धेरै खुसी छौं । मेरा सहकर्मीहरूले हाम्रो प्रदर्शनीमा ह्वावेका सबै लेटेस्ट प्रविधिका व्यावहारिक एप्लिकेसनहरू प्रदर्शन गर्दैछन् र खुशीसाथ तपाईंका जिज्ञासा मेटाउन प्रयास गर्नेछन् ।

ह्वावे डिजिटल नेपाल कनक्लेभ २०२२ संयुक्त रूपमा आयोजना गर्न पाउँदा हामी खुसी छौं । अन्तमा, म के भन्न चाहन्छु भने ह्वावे “नेपालमा, नेपालको लागि” हो र सबै ३
करोड नेपाली नागरिकहरूलाई सेवा दिन तयार छ । हामी एकजुट भई भविष्य उज्यालो पार्न सक्छौं ।

-विलियम चाङ ह्वावे नेपालका सीईओ हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement