आफ्नै निर्णय उल्टाउदै गृहमन्त्रालय


काठमाण्डौं- गृह मन्त्रालयले आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो ।

 

तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णग गरेको बताए ।

 

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्रमा डिजाइन गरिएअनुसारको विवरण प्रयोग नगर्ने गृहको निर्णयले परिचयपत्र कमजोर बन्ने दाबी गरेको छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
Advertisement