परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा सुवेदी र जैशवाललाई नियुक्त गर्ने तयारी


काठमाण्डु – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रकाश कुमार सुवेदीलाई नियुक्त गर्ने तयारी सुरु भएको छ । परराष्ट्रमन्त्रालयले गठन गरेको सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि २०७५ अनुसार उनको नाम अन्तर्वार्ताका लािग छनौट भएसंगै उनको नियुक्ती निश्चित भएको हो ।

सुवेदी पूर्व राजदूत हुन् । उनले परराष्ट्रमन्त्रालयको सहसचिवबाट अवकास पाएका थिए । प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा डा.प्रमोद जैसवाललाई नियुक्त गर्ने परराष्ट्रमन्त्रालयको तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

भारतको जेएनयू विश्वविद्यालयबाट विद्यावारीधी गरेका जैसवालको नियुक्तीको प्रक्रिया अघि बढिसकेको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको जोडबलमा उनलाई प्रतिष्ठानमा ल्याउन लागिएको हो ।

जैसवालसंग विभिन्न थिंक टयांक अर्गनाइजेशनमा काम गरेको अनुभव छ भने सुवेदीले अष्ट्रियामा नेपाली राजदूतका रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement