आईजीपी नियुक्ति विवादको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा


काठमाण्डु – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दैमा’ राखेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा जारी उक्त मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अब अर्को सुनुवाई असार १९ गते हुनेछ ।

सरकारले आफुभन्दा जुनियर धीरजप्रताप सिंहलाई आइजीपीमा बढुवा गरेको भन्दै एआइजी विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि अहिले सुनुवाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement