आईजीपी नियुक्तिविरुद्धको मुद्दामा चौथो सुनुवाइ आज, क-कसले गर्दैछन् बहस ?


काठमाण्डु – नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।

वरिष्ठता मिचेर सरकारले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि प्रतिस्पर्धी विश्व पोखरेल सहित ३ एआईजीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो मुद्दा सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा चौथो पटक सुनुवाइ हुन लागेको हो ।

आज आईजीपी सिंहको पक्षमा भीमार्जुन आचार्यसहितसुशील पन्त, श्याम खरेल, टिकाराम भट्टराई, ओमप्रकाश अर्यालले बहस गर्दैछन् ।

आईजीपीका निजी कानुन व्यवसायीले पनि बहस गर्ने बताइएको छ । आईजीपीका तर्फबाट १९ जना अधिवक्ताको वकालतनामा बुझाइएको छ ।

यसअघि जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement