मन्त्रीपरिषद्काे बैठकमा आईजिपी नियुक्तिमा छलफल नै भएन, अाजै अर्काे बैठक बस्न सक्ने


काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ९ बजे बसेको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र विभिन्न नियुक्तीका विषयमा छलफल हुने भनिए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक नियुक्तीको विषय छलफल नै भएन । आजै बस्ने अर्काे बैठकले आर्इ्जिपि नियुत्ती सम्बन्धी निर्णय हुन सक्ने स्रोतको दावी छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका हालका महानिरीक्षक प्रकाश अर्याल र सिंहबहादुर श्रेष्ठको भोली (बुधबार) अनिवार्य अवकासमा विदा हुंदैछन् । प्रहरीमा आईजिपीका लागी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा छन् भने सशस्त्रमा शैलेन्द्र खनाल र पुष्पराम केसी आईजिपीको दौडमा छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको रोजाईमा पुष्कर कार्की तथा माओवादी अध्यक्ष प्रचण्डको रोजाईमा सर्वेन्द्र खनाल परेपछि कसलाई आर्इ्जिपि बनाउने भन्ने विषयले मन्त्रीपरिषदमा प्रबेश नै नपाएको स्रोतले बतायो ।

माओवादीबाट सरकारको नेतृत्व गरेका रामबहादुर थापा ’बादल’ गृहमन्त्री छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी नेपाल प्रहरीमा डिआईजी सर्वेन्द्र खनाल र सशस्त्रमा एआईजी शैलेन्द्र खनाललाई आईजिपी बनाउन सिफारिस गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement