सशस्त्रमा अाइजी प्रकरण : देउवालार्इ खुसि पार्न एआइजी खनालले दिए नेविसघंका अध्यक्षलार्इ सशस्त्रकाे चालक


काठमाडौँ–  सशस्त्र प्रहरी बलमा अाइजी प्रकरण सतहमा अाएकाे छ । सशस्त्र प्रहरी बलका एआइजी शैलेन्द्र खनालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालार्इ खुसि पार्न उनले नेविसंघका अध्यक्षलार्इ सशस्त्रका सवारी चालक उपलब्ध  गराएकाे खुल्ल अाएकाे हाे ।

एअार्इजी खनाले कांग्रेसको भातृसङगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको गाडी चलाउन सशस्त्र प्रहरीका सवारी चालक विष्णु शिवाकोटीलाई खटाएका छन् । सभापति देउवाका पीए र आसेपासेहरुलाई खुसी पार्नका लागि खनालले कसैका नातेदारलाई अवसर दिन गणपति तालिमको अवधि घटाए भने देउवाका निकट नेविसंघका अध्यक्ष महरलाई सवारी चालक नै उपलब्ध गराएको खुलेको हो ।

 स्रोतका अनुसार देउवालाई खुसी पारी आइजीपी बढुवा हुनका लागि एआइजी खनालले उनका पीए भानु देउवाका ज्वाई डीएसपी दीपेन्द्र कुँवरलाई एसपी बढुवा गर्नका लागि ३ महिने गणपति तालिमको अवधिलाई घटाएर १ महिनामा झारेका थिए । महरले चढ्ने गरेको कालो रङको भक्सवागन गाडी सशस्त्रका जवान शिवाकोटीले डेढ बर्षदेखि चलाउँदै आएका छन् । सशस्त्रको तलवभत्ता खाएर चालक शिवाकोटीले महरको गाडी चलाउने गरेका हुन् ।

राजनीतिक पार्टीका जनवर्गीय संगठनका अध्यक्षलाई पनि सशस्त्रको सवारी चालक दिने ब्यवस्था रहेछ नि भन्ने प्रश्नमा सशस्त्र प्रहरी बलका प्रवक्ता बावुराम पाण्डेले कुन प्रयोजनमा दिएको हो, केही दिनका लागि दिएको हो कि भनेर अनभिज्ञता प्रकट गरे ।

तर, सशस्त्र प्रहरी बलका सवारी शाखाका डिएपि लक्ष्मण थापाले भने ‘काम बिशेषले प्रयोग भएको होला, तर उहाँलार्इ हामी पठाएकाे छैन  ।’

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई गणेश लामामार्फत् थैली बुझाएर आफ्ना प्रतिस्पर्धीलाई उछिनेर डीआइजी र एआइजी भए पनि उनको बारेमा धेरै गुनासाहरु प्रधानमन्त्रीकोमा पुगेकाले उनी आइजीपी हुने संभावना कम रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement