आइजी नियुक्तिमा सहमति जुट्यो :प्रहरीमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र खनाल


काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजिपीमा सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल हुने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ बीच केहीबेर अघि बालुवाटारमा सम्पन्न छलफलले खनालद्धयलाई दुई प्रहरी संगठनको महानिरिक्षक बनाउने सहमति भएको हाे ।

आफ्ना पार्टीका अध्यक्ष प्रचण्डको सुझाब अनुसार गृहमन्त्री रामबहादुर थापाले खनालद्धयलाई आईजिपी बनाउने प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्री ओलीले सहमति नदिएपछि आज बिहानको मन्त्रिपरिषदको बैठकले निर्णय गर्न सकेको थिएन । शीर्ष नेताद्धयको बैठकमा प्रचण्डले बरियता क्रम मिच्दा प्रहरी संगठनभित्र फेरी बिबाद आउन सक्ने भन्दै अडान लिएपछि प्रधानमन्त्री ओलीले सहमति जनाएको श्रोतको दावी छ ।

केहीबेर पछि बस्ने मन्त्रिपरिषदको बैठकले आईजिपी नियुक्तिको निर्णय गर्ने छ । आइजिपीमा खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए। नयाँ आइजिपी छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री केपी ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल सहितको बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement