अपराधी र भ्रष्ट व्यक्तिको संरक्षण प्रहरीबाट कहिल्यै हुँदैन : आईजीपी खनाल


चितवन – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कानुनी राज्यमा अपराधी उम्कन नसक्ने, सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरीबाट कहिल्यै हुन नसक्ने बताएका छन् ।

जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा संचालित २–१७५औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको सोही शिक्षालयमा आइतबार आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले सो कुरा बताएका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले प्रहरी सेवा विशुद्ध रुपमा एक ब्यावसायिक, अनुशासित एवं मर्या्दित सेवा हो भन्ने भावनाले प्रेरित भई दीक्षित प्रहरी कर्मचारीले व्यावसायिक जीवनको यस खुशियाली क्षणमा गरेको प्रणलाई आत्मसात गरी हरेक प्रहर क्रियाशील रहेर नागिरक र प्रहरीबीचको सम्वन्धलाई प्रगाढ तुल्याउन लाग्नुपर्ने बताए ।

प्रहरी सेवामा कार्यरत रही सेवानिवृत्त हुँदा गर्वले छाती चौडा भएको महसुस हुनेगरी नागरिक र समाजको हितलाई नै सर्वोपरी ठानी कार्यसम्पादन गर्नुपर्ने आजको आवश्यकता रहेको औंल्याउँदै उनले भने, “नागरिक र प्रहरी समाजका अभिन्न अंग हुन् ।”

प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रतिबद्ध भएर लाग्न दीक्षित प्रहरी सहायक निरीक्षकहरुलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement