प्रहरीलाई नमूना संगठन बनाउने आइजीपी खनालकाे उद्घाेष

प्रहरीलाई नमूना संगठन बनाउने आइजीपी खनालकाे उद्घाेष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनका रुपमा स्थापित गर्न खोजेको बताएका छन्।

पूर्वप्रहरी संगठनका पदाधिकारीसँग आ प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा खनालले नीतिगत तथा कानूनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धि हासिल गरेको बताए।

विशिष्टिकृत अनुसन्धान एकाइको गठन, विध्वङ्सात्मक गतिविधि नियन्त्रण, लागुऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको उनले बताए।

खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यसका गतिविधिबारे प्रकाश पार्दै उहाँले यस अवधारणा संस्थागत होस् भन्ने चाहेको बताए। ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रणमा विशेष अभियान सञ्चालन, राजश्व योगदानका साथै विपद् उद्धारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे।