प्रहरीमाथि एक्कासि गोली हानियो : आईजीपी खनाल


काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुर घटनामा विप्लवका कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको बताएका छन् ।

बुधबारको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा महानिरीक्षक खनालले संसदमा घटनाबारे जानकारी गराउँदै विलवका कार्यबर्ताले एक्कासी प्रहरीमाथि गोली प्रहार गरेको बताए ।

महानिरीक्षक खनालले भने, ‘भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्यो, जवाफी फायरिङमा नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको छ ।

घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि महानिरीक्षक खनालले जानकारी दिए । महानिरीक्षक खनालका अनुसार नेपाल प्रहरीको घुमुवा टोलीमाथि एक्कासि गोली चलेको थियो ।

भिडन्तमा नेपाल प्रहरीका एकजना र विप्लवका कार्यकर्ता एकजना गरी दुईजनाको मृत्यु भएको छ ।’

प्रहरीको गोली लागेर मृत्यु हुनेमा विप्लव समूहका ३५ वर्षीय ओखलुढुंगाको जिल्ला इन्चार्च नीरकुमार राई छन’ खनालले थपे, ‘त्यस्तै नेपाल प्रहरीका जवान सञ्जीव राईको पनि विप्लव पक्षका कार्यकर्ताको गोली लागेर मृत्यु भएको छ । घटनामा एक प्रहरी जवान सोमनाथ भट्टराई घाइते छन् ।’ गोली लागेर घाइते भएका नीरकुमार र सञ्जीव दुवैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको महानिरीक्षक खनालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement