कुमार पौडेलको पृष्ठभुमी हेर्न आइजीपी खनालको आग्रह


काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सर्लाहीमा प्रहरीको गोली प्रहारबाट मारिएका विप्लवका नेता कुमार पौडेल अन्य अपराधमा पनि संलग्न रहेको दाबी गरेका छन् ।

सिंहदरवारमा सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा महानिरीक्षक खनालले पौडेलमाथि विभिन्न आपराधिक गतिविधि विरुद्ध उजुरी परेको बताउँदै पौडेलको पृष्ठभुमी हेर्न आग्रह गरेका छन् ।

आईजीपी खनालले पौडेल राजनीति आवरणमा आपराधिक क्रियाकलापमा लागेको, स्थानीय व्यवसायीलाई चन्दा मागेर आतंकित पार्ने काम पौडेलबाट हुँदै आएको उनले सुनाए ।

आईजीपी खनालले भने, ‘उनी पटक पटक पक्राउ परिसकेका व्यक्ति हुन् । काठ तस्करीको अभियोगमा पक्राउ समेत परेका थिए ।’ सार्वजनिक जग्गा अतिक्रमण गर्न उक्साउने, जबरजस्ती चन्दा संकलन गरी व्यापारी, व्यवसायी जनप्रतिनिधि र सर्वसाधारण जनतालाई धम्की दिने जस्ता कार्यमा उनी संलग्न हुँदै आएका आईजीपी खनालले बताए

प्रतिक्रिया दिनुहोस
Advertisement