आइजीपी खनालबाट टेकप्रसाद राईलाई प्रहरी वरिष्ठ उपरीक्षक दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं – मन्त्रीपरिषदको निर्णय अनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका टेकप्रसाद राईलाई आइजीपी सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

गत फागुन ७ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका राईलाई शनिबार प्रहरी प्रधान कार्यालयमा आइजीपी खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा आइजीपी खनालले अब्बल कामका लागि संगठनले सदैब उचित मुल्याङ्कन गर्ने चर्चा गर्दै थपिएको जिम्मेवारी पुरा गर्न आगामी दिनमा पनि अझै राम्रो काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । प्रहरी वरिष्ठ उपरीक्षक राई संयुक्त राष्ट्र संघीय मिसन, फर्म पुलिस युनिट सुडानमा कार्यरत रही हालै स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement