आईजीपी खनालले भने -प्रहरी संगठनभित्रका किरा धमिरा टिपेर फाल्दैंछु


काठमाडौं – प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफू प्रहरीभित्र रहेका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताएका छन् ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको छ । केही मान्छेका कारण तपाईं हामी र सिंगो प्रहरी संगठनलाई लान्छना गर्ने काम आफूलाई स्वीकार्य नभएको आईजीपी खनालले बताए ।

प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने अपेक्षा जनताको रहेको भन्दै उनले हरेकले ‘म प्रहरी हुँ, राम्रो गर्नुपर्छ र गलत बाटोमा लागेको साथीलाई सच्याउनुपर्छ’,भन्ने भावनाले काम गर्ने हो भने यो सम्भव भएको धारणा समेत राखे ।

प्रतिक्रिया दिनुहोस
Advertisement