प्रहरीमा एआईजी बढुवा सिफारीसः आईजीपीको अडानको सवैतिर प्रशंसा


काठमाडौं– नेपाल प्रहरीमा रिक्त दुई एआईजीमा निरज शाही र प्रधुम्न कार्कीको नाम बढुवाका लागी सिफारीस भएको छ । गृहमन्त्रालयमा बुधवार बसेको बढुवा समितिको वैठकले डिआईजीद्धय शाही र कार्कीको नाम एआईजी बढुवाका लागी सिफारीस गरेको हो ।

गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बसेको वैठकले शाहीलाई एक नम्बरमा र कार्कीलाई दुई नम्बरमा बढुवा सिफारीस गरेको छ । बढुवा समितिको सदस्य सचिव भने प्रहरी महानिरीक्षक शैलेश थापा थिए । एआईजी बढुवामा सिफारीस भएका कार्की र शाही दुवै थापाका ब्याचका हुन् । उनिहरु ०७५ असोजमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएका थिए ।

कतिपयले उनिहरु भन्दा पछि ०७६ वैशाखमा डिआईजी भएका विश्वराज पोखरेल एआईजी हुन लागेको चर्चा चलाएपनि अन्ततः प्रहरीमा वरियतालाई कायम राख्ने काम भएको छ । हाल महानगरीय आयुक्तको कार्यालयका प्रमुख रहेका डिआईजी पोखरेल आफ्नो ब्याचबाट डिआईजीमा एकल बढुवा भएका थिए ।

पोखरेललाई बढुवा गर्न सत्तारुढ दलभित्रकै प्रभावशाली नेताहरुको ठुलो दवाव थियो । त्यतिमात्र होईन संवैधानिक निकायका प्रमुखहरुले समेत उनको बढुवाको लागी शक्तिकेन्द्रमा लविङ्ग गरेका थिए ।

तर, अन्तिममा प्रहरी महानिरीक्षक थापाले त्यो दबावलाई सजिलै झेले र प्रहरीमा वरियतालाई कायम राख्ने काम गरे । यो निर्णयले प्रहरी संगठनभित्र निकै ठुलो आशा जगाएको छ । धेरै यो निर्णयको खुलेर प्रशंसा समेत गरेका छन् । डिआईजी पोखरेलको सत्तारुढ नेकपाका नेताहरुसंग समेत बलियो सम्बन्ध छ । उनको बढुवाका लागी सवैभन्दा बढी भिड्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र अख्तियार प्रमुख नविन घिमिरे हुन् ।

पोखरेल नेपाल प्रहरीभित्र निकै चतुर र व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । बढुवा समितिको वैठक बस्नुअघि गृहसचिव न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले अन्तिममा प्रहरीको एआईजीमा वरियता नमिच्न निर्देशन दिएको स्रोतको दावी छ । उनको बढुवाका लागी कोशिस भएपनि प्रहरी महानिरीक्षकको अडानले गर्दा अन्तिममा केही सिप नलागेको स्रोतले बतायो ।

महानिरीक्षक थापाले समेत वरियतामा अघि रहेका कार्की र शाहीको कार्यसम्पादन समेत उत्कृष्ठ भएको भन्दै बढुवामा पछिल्लो ब्याचबाट ल्याउन नसक्ने भन्दै प्रधानमन्त्री ओलीलाई कन्भेन्स गरेका थिए । प्रधानमन्त्री ओलीसंग सोमबार भएको भेटमा उनले एआईजीको वरियता कायम राख्न नसक्ने हो भने आफुले राजीनामा दिने बताएका थिए । उनले चेन अफ कमाण्ड विग्रने गरी आफुले काम नगर्ने प्रधानमन्त्रीलाई स्पष्ट पारेको बालुवाटार स्रोतको दावी छ ।

प्रहरी महानिरीक्षकमा थापाको नियुक्तीसंगै प्रहरीमा राजनीतिक हस्तक्षेप अन्त हुने अपेक्षा धेरैले गरेका थिए । प्रहरीमा आज भएको एआईजी बढुवाको सिफारीसले थापा पहिलो परिक्षामा उर्तिण हुन् सफल भएका छन् ।

प्रहरी महानिरीक्षक थापाको अडानकै कारण प्रहरीमा एआईजी बढुवामा वरिष्ठता कायम राख्न उनि सफल भए ।  थापा शक्तिकेन्द्रको घरदैलो नगरी आईजीपी भएका प्रहरी अधिकृत हुन् । प्रहरीमा पोखरेलको एआईजीमा बढुवा हुन सक्ने समाचार सार्वजनिक भएसंगै थापाको नेतृत्व क्षमताको आम रुपमा परिक्षा भइरहेको थियो ।

‘प्रहरी महानिरीक्षकको अडानले एआईजीमा वरियता मिचिएन् । उहांले व्यवसायकि र वरियतामा अघि रहेका अधिकृतमाथी न्याय गर्नुभयो । यसले उहांको कार्याकालको राम्रो सुरुवात भएको संकेत गर्छ ।’ प्रहरीका एक उच्च अधिकारीले भने ।

हाल प्रहरी महानिरीक्षक रहेका थापा,एआईजीमा बढुवा सिफारीस भएका शाही र कार्की एकै दिन ०७९ वैशाख १९ गते अवकासमा जान्छन् । त्यसपछि वरियताको आधारमा डिआईजी पोखरेल नै प्रहरी महानिरीक्षकको एक मात्र दावेदार हुनेछन् । उनको डिआईजीको ४ वर्षे पदावधी ०७९ साउनमा समाप्त हुन्छ ।

थापापछि पनि नेतृत्वको विकास गरिएन भने पोखरेल डिआईजीबाट सिधै आईजिपी बन्नेछन् । उनि डिआईजीमा बढुवा भएको १ वर्षपछि बढुवा भएका डिआईजी सहकुल थापा दोस्रो नम्बरमा छन् । पोखरेल यसपटक एआईजीमा बढुवा नभए अवकासमा जाने चर्चा चलेपनि उनि थापापछि महानिरीक्षक बन्ने लाईनमा छन् । तर, पोखरेलको हतारो भने के को लागी हो त्यो पनि बुझ्न अफ्ठेरो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement