आईजीपी विवादमा : जनता न्यायका लागि रुँदै, सर्वेन्द्र सा’प १६ गाडीमा मोजमस्ती गर्दै

आईजीपी विवादमा : जनता न्यायका लागि रुँदै, सर्वेन्द्र सा’प १६ गाडीमा मोजमस्ती गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीको नेतृत्वमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आएपछि प्रहरी संगठन नै बद्नाम हुँदै गइरहेको छ ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी संगठन नै हत्यारा लुकाउन लागिरहेकोजस्तो देखिएको छ । जुन आरोपलाई आईजीपी खनालले चिर्न सकेका छैनन् ।

पछिल्ला केही दिनदेखि निर्मला पन्तको न्यायका लागि टाँसिएका पोस्टर च्यात्न प्रहरी नै परिचालन भएपछि प्रहरीप्रति आक्रोश बढ्दै गइरहेको छ । महिनौंदेखि सर्वसाधारण जनता रोइरहेका छन्, आन्दोलन गरिरहेका छन् ।

प्रहरी संगठन बद्नाम भइरहेको र न्यायका लागि जनता रोइरहेको बेला आईजीपी सर्वेन्द्र खनाल भने सवारीसाधनको लोभमा चुर्लुम्म डुबेका छन् । आईजीपी भएपछि उनले लिएको सरकारी गाडी सुविधाको रेकर्ड हेर्दा जोकोही पनि अचम्मित हुँदैछन् ।

अर्थ मन्त्रालयले तय गरेको मापदण्डअनुसार विशिष्ट श्रेणीका कर्मचारीले सरकारी सुविधाबापत एउटा मात्र गाडी प्रयोग गर्न पाउँछन् । आईजीपी खनालले पनि एउटा गाडी मात्रै प्रयोग गर्नुपर्ने हो । तर उनले १६ गाडी प्रयोग गरिरहेको रेकर्ड फेला परेको छ ।

सुरक्षा संगठनका प्रमुख भएकाले प्रहरी महानिरीक्षकले सुरक्षा टोलीलाई अघिपछि लगाउँदा आफू चढ्नेबाहेक थप दुई वटासम्म गाडी प्रयोग गर्नु व्यवहारिक नै मानिएला । तर उनले कार्यालयदेखि निवाससम्म गाडीको लस्कर लगाएका छन् । जसले आईजीपी खनाल पदीय जिम्मेवारी र जनताको सेवाभन्दा पनि सुखसुविधामा बढी केन्द्रीत भएको देखिएको छ ।

नेपाल प्रहरीको इतिहासमा १६ गाडीसम्म प्रयोग गर्ने आईजीपी खनाल सम्भवतः इतिहासकै पहिलो हुन् । देशभरका प्रहरी इकाइले नियमित गस्ती गर्ने र कुनै गम्भीर घटना हुँदा तत्काल घटनास्थल पुग्ने गाडीको अभाव खेपिरहेका बेला आईजीपी खनालले १६ गाडीमाथि कब्जा जमाएका छन् । जनताको सेवाका लागि अत्यावश्यक पर्ने गाडीको व्यवस्थापनमा खनालले ध्यान दिएका छैनन् ।

प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट उपलब्ध रेकर्ड अनुसार १६ मध्ये पाँच वटा महँगा गाडी आईजीपी खनालले आफ्नो कार्यालयमा राखेर प्रयोग गरिरहेका छन् भने १० वटा गाडी उनले निवासमा राखेर प्रयोग गरिरहेका छन् । एउटा गाडी भने उनको स्कर्टमा प्रयोग गरिएको छ ।

सवारीसाधन मोहमा लिप्त रहेका खनालको नेतृत्वमा प्रहरी संगठनले गति लिने छाँटकाँट देखिँदैन । विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठन र सर्वसाधारणले आईजीपी खनाललाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यशैली सुधार्न पटक–पटक निर्देशन दिएपनि आईजीपी खनालका नकारात्मक कर्तुतहरू सार्वजनिक हुँदै गइरहेका छन् ।

नागरिकलाई बिझाउने हर्कत : सर्वेन्द्र खनालको नेतृत्वमा प्रहरी इतिहासमै सर्वाधिक बद्नाम !