आइफा अवार्डमा आलिया र रणबीरले जिते ‘उत्कृष्ट’ अवार्ड


एजेन्सी – नेपालमा आयोजना हुने चर्चा चलेसँगै विवादित बनेपछि बुधबार बेलुका भारतमा आयोजना भएकोे आइफा अवार्डमा बलिउडका अभिनेता रणबीर सिंह र नायीका आलिया भट्टले उत्कृष्ट अवार्ड हात पारेका छन् ।

आइफाको २० औं संकरणमा आलियाले चलचित्र ‘राजी’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् भने उत्कृष्ट नायकको अवार्ड ‘पद्यमावत’बाट रणवीर सिंहले जितेका छन् ।

श्रीराम राघवनले चलचित्र ‘अन्धाधुन’बाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यस्तै, चलचित्र ‘पद्यमावत’बाट नायिका अदिति राव हैदरीले ‘उत्कृष्ट सह–नायिका’को अवार्ड जितेकी छन् भने विक्की कौशलले चलचित्र ‘सन्जु’बाट ‘उत्कृष्ट सह–नायक’को अवार्ड जितेका छन् ।

साराअली खानले ‘केदारनाथ’ चलचित्रबाट नव–नायिकाको अवार्ड जित्दा इशान खट्टरले चलचित्र ‘धडक’बाट नव–नायकको अवार्ड जित्न सफल भए । उत्कृष्ट कथाको अवार्ड ‘अन्धाधुन’ चलचित्रका लागि श्रीराम राघवन, पूजा लोधा श्रुती, अरिजित विश्वास, योगेश चन्देकर र हेमन्त रावले जितेका छन् ।

अवार्ड समारोहमा अन्य विभिन्न नाममा पनि अवार्ड वितरण गरिएको थियो । ‘पछिल्लो २० बर्षकै उत्कृष्ट नायिका’को अवार्ड दीपिका पादुकोणले जित्दा नायक रणवीर कपुरले ‘पछिल्लो २० बर्षकै उत्कृष्ट नायक’को अवार्ड जित्न सफल भए ।

पछिल्लो २० बर्षकै उत्कृष्ट चलचित्रको अवार्ड ‘कहोना प्यार हे’ जित्दा राजकुमार हिरानीले ‘पछिल्लो २० बर्षकै उत्कृष्ट निर्देशक’को अवार्ड जिते । पछिल्लो २० बर्षकै उत्कृष्ट संगीतको अवार्ड भने प्रितमले जितेका छन् । अवार्ड समारोहमा नायक सलमान खान, रणवीर सिंह लगाएत बलिउडका चर्चित थुप्रै कलाकारको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement