इलाममा कांग्रेसको सुरुआती अग्रता, एमाले दोस्रो, घण्टी चौथो: कसले कति मत लिए ?


काठमाण्डु- इलाम २ को उपनिर्वचन अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । फाकफोकथुम १ को गणना सकिँदा कांग्रेसका डम्बर बस्नेतले सुरुआती अग्रता लिएका हुन् ।

उनले ६५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङको ५३४ मत छ । डकेन्द्र थेगिमले १८७ र मिलन लिम्बूले ११५ मत लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement