इलाममा सुहाङले कटाए १० हजार मत, अरुले कति पाए ?


काठमाण्डु- इलाम २ को मतगणनामा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाएका छन् । पछिल्लो परिणामअनुसार सुहाङले १० हजार ३ मतसहित अग्रता लिएका हुन् ।

त्यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९४४ मतसहित सुहाङलाई पछ्याइरहेका छन् । सुहाङ र डम्बरबीच ३ हजार ५९ मतान्तर रहेको छ ।

त्यसैगरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ५९१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४४३ मत सहित चौथो स्थानमा रहेका छन् । अहिले इलामको माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement