आईएमएफले कोरोनाविरुद्ध लड्न नेपालसहित २५ देशलाई दियो सहुलियत ऋण


एजेन्सी – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीलाई मध्यनजर गर्दै नेपाल लगायत २५ गरीब देशलाई ऋणमा राहात दिएको छ ।

आईएमएफको यो सहयोगबाट यी सबै मुलुकहरुले कोभिड–१९ सँग लड्नका लागि आफ्नो कोष जम्मा गर्न सक्ने निश्कर्ष आईएमएफको छ । गरीब मुलुकका लागि ६ महिनासम्मको राहात दिने कोषले जनाएको छ ।

संस्थाले यो फैसलापछि यी सबै मुलुकहरु विश्वव्यापी महामारीसँग जुझ्नका लागि आफ्नो यहाँको कोषका लागि सही तरिकाबाट प्रयोग गर्न सक्ने जनाएको छ । यी २५ मुलुकमा नेपाल, अफगानिस्तान, ताजिकिस्तान, यमन, माली, मोजाम्बिक, रुवान्डा लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement