ईमो तथा भाइबरबाट ठगी गर्ने तामाङ पक्राउ


काठमाडौै-  चिठ्ठा परेको भन्दै ठगी गर्ने २१ वर्षीय नुर्पु तामाङ पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मार्मिङ–९ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार तामाङले कैलालीका शुसिराम चौधरी र कपिलवस्तुकी रचना गिरीलाई ईमो तथा भाइबरबाट फोन गरेर २५ लाख रुपैयाँ चिठ्ठा परेको र पैशा पाउन अग्रिम रकम जम्मा गर्नुपर्ने भन्दै पैशा पठाउन लगाएका थिए ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको र हालसम्म ४ जना व्यक्तिलाई तामाङ्ले ठगेकाे जनाएको छ । उनलाई ठगी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement