नेपालको आन्तरिक मामिलामा कसैलाई पनि हस्तक्षेप गर्न दिन्न् : प्रधानमन्त्री अाेली


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् । प्रधानमन्त्री ओलीले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा उत्रन आग्रह गरेका हुन् ।

उनले दिगो विकासका लक्ष्य पूरा गर्न धेरै समय नरहेको भन्दै मात्र बाँकी १३ वर्षको अवधिमा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको बताए । “स्थानीय, प्रदेश र केन्द्रीय सरकार कसैलाई पनि असफल हुने छैन विभिन्न चरणमा क्रान्ति गरियो अब समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प छैन,”–प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक चेतन अधिकारीले सञ्चारकर्मीलाई जनाकारी दिए ।

प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनलाई पूर्णता दिन वा समस्या सम्बोधन गर्न महान्यायाधिवक्ताको संयोजनमा बनेको सहजीकरण समितिमार्फत समस्या सुल्झाउन पनि प्रधानमन्त्रीले दिर्नेशन दिए । “गरिबी निवारणमा सबै लाग्नुपर्छ, अब तराईमा कठ्याङिग्रएर कसैले मर्नु पर्दैन, प्रदेश सरकारका लागि के कुरा आवश्यक पर्छ त्यो स्पस्ट धारणा राख्नुस्” उनले बैठकमा भने ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा कसैलाई पनि हस्तक्षेप गर्न नदिने र सबै छिमेकी मुलुकसँग समान र सौहार्दपूर्ण सम्बन्ध कायम राखिने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement