प्रदेश ७ मा चैत्र मसान्त भित्र १ अर्बको बजेट आउँदै


धनगढी– प्रदेश नम्बर ७ मा सरकारले एक अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले चैत्र मसान्तभित्र बजेट ल्याउने तयारीमा जुटेको हो ।

केन्द्र सरकारबाट प्रदेश सरकारलाई उपलब्ध गराएको अनुदान अनुसार नै बजेट ल्याइने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकरकृष्ण श्रेष्ठले जानकारी दिए । बजेटको तयारीका लागि आर्थिक मामिला मन्त्रालयले अन्य मन्त्रालयसँग चालू आर्थिक बर्षमा सञ्चालन गर्न सकिने योजना र अन्य खर्चको विवरण मागेको छ ।

तीन महिनाका लागि प्रदेश सरकारले ल्याउने बजेटमा आयभन्दा बढी खर्च समेटिने आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिए । बजेटमा तत्काल सम्बोधन गर्न सकिने कार्यक्रम बढी समेटिनेछन् ।

खाधन्न , खानेपानी, सडक, शिक्षा, कृषिलगायत क्षेत्रमा तत्काल गर्न सकिने कार्यक्रम समेटेर बजेट ल्याइने मन्त्री बोहराले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले आव ०७५ ७६ को बजेटको समेत तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement