काठमाण्डु– शुक्रबार तोलामा ५ हजार ८ सय घटेको सुनको भाउ आइतबार बढेको छ। आज सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो ।
शुक्रबार २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ बढेर ४ हजार ४ सय १० रुपैयाँ पुगेको छ। शुक्रबार १५५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ३५० मा झरेको थियो।




प्रतिक्रिया