विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आठौं खेलमा विराटनगरले सुदूरपश्चिमलाई १०६ रनको लक्ष्य दिएको छ ।

निधारीत ५ ओभरको खेलमा विराटनगरले २ विकेट गुमाएर १०५ रन बनाएको हो ।

विराटनगरका सेहन जयसूर्याले ५ छक्काको मद्दतमा ३९ रन र लोकेश बमले ३ छक्काको मद्तमा २५ रन जोडेका छन् । यस्तै आन्द्रे रसेलले ३ छक्का हान्दै २९ रन जोडे ।

सुदूरपश्चिमका लागि अविनाश बोहराले १ बिकेट लिए ।

वर्षाका कारण जलमग्न बनेको मैदानको पानी सुकाएर ५ ओभरको खेल खेलाइएको हो ।