यस्ताे छ बुधबारबाट लागू भएकाे आयकरको नयाँदर


आर्थिक वर्ष २०७६÷०७७ को सुरुवातसँगै सरकारले बुधबारबाट आयकरको नयाँदर लागू गरेको छ।

dish home

बजेट वक्तव्यमा उल्लेख भएअनुसार आयकर छुट हुने सीमा बढाइ व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्याइएको हो। अविवाहितको हकमा वार्षिक ४ लाखसम्मको आयमा १ प्रतिशत कर लाग्नेछ, भने ४ लाख भन्दामाथि ५ लाखसम्मको करयोग्य आयमा ४ लाखसम्म १ प्रतिशत र त्यसमाथिको आयमा १० प्रतिशत आयकर लाग्नेछ ।

यसैगरी, ५ लाख रुपैयाँ भन्दामाथि वार्षिक ७ लाख रुपैयाँसम्मको करयोग्य आयमा शुरुको ४ लाखमा १ प्रतिशत र ४ देखि ५ लाखकोमा १० प्रतिशत र त्यसभन्दा माथि २० प्रतिशत कर लाग्नेछ ।

यसैगरी, ७ लाख रुपैयाँभन्दा माथि भए २० लाख रुपैयाँसम्म सातलाखसम्म अघिल्लो प्रावधान अनुसार र त्यसभनदा माथिकोमा ३० प्रतिशत आयकर लाग्नेछ । २० लाख रुपैयाँभन्दा माथि भए २० लाखसम्म लागेको करको दरमा २० प्रतिशत थपेर ४५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ ।

सरकारले केराउ, बदाम, आलु घ्यु, कुखुराको मासु, चकलेट विस्कुट, चाउचाउ, आइक्रिम, जुस, मिनरल, चुइगम जस्तापाता, जुक्ता, चप्पल, धागो, त्रिपाल लगायतका कृषिजन्य तथा औद्योगिक वस्तुहरुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न ती वस्तुको आयातमा भन्सारदर बढाइएको छ।

व्यावसायकि घरजग्गाको कारोबारमा अग्रिम करको रुपमा लाग्दै आएको पुँजीगत लाभकरको दर भने घटेको छ। वित्तीय कारोबार गर्ने सहकारीहरुलाई नगरपालिकाभित्र पाँच प्रतिशत र उपमहानगरपालिका र महानगरपालिकाभित्र १० प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ ।

जल यातायातका साधनहरुको पैठारी महसुल १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएकोमा विदेशबाट फर्केका नेपालीले आफ्नो साथमा ल्याएको १०० ग्रामसम्मको सुनको गहना महसुल तिरेर पैठारी गर्न सकिने प्रावधान कायम गरिएको छ ।

मदिराको अन्तशुल्कमा १० प्रतिशतसम्मको शुल्क बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस