भारतले नक्सा फेर्यो, कस्तो छ नयाँ नक्सा ?


एजेन्सी – भारत सरकारले शनिबार जम्मु काश्मीर र लद्दाख बनेपछि देशको नयाँ नक्सा जारी गरेको छ । यो नक्सालाई भारतका सर्वेयर जनरलले तयार पारेका हुन् ।

गृह मन्त्रालयले आफ्नो वक्तव्यमा जनाए अनुसार केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला कारगिल र लेह हुनेछन् । यसपछि बाँकी २६ जिल्ला जम्मु काश्मीरमा हुनेछन् ।

भारत सरकारले जनाएअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरभिजनमा जम्मु काश्मीर र लद्दाख क्षेत्रको सीमा निर्धारण गरिएको हो । यो नक्सा अनुसार भारतमा अब २८ राज्य र ९ केन्द्र शासित प्रदेश हुनेछन् ।

५ अगस्ट २०१९ मा भारतीय संसदले संविधानको धारा ३७० र ३५ ‘ए’ लाई निस्प्रभावी बनाएको थियो । त्यसपछि राष्ट्रपतिले सो सम्बन्धी कानुनलाई मन्जुरी दिएका थिए ।

सन् १९४७मा जम्मु काश्मीरमा १४ जिल्ला थिए । जसमा कठुवा, जम्मु, उधमपुर, रइसी, अनन्तनाग, बारामुला, पुन्छ, मीरपुर, मजफरावाद,लेह तथा लद्दाख, गिलगित, गिलगित बजारत, चिल्लाह र ट्रायबल टेरेरिटी थिए ।

सन् २०१९ मा सरकारले जम्मु काश्मीर पुनर्गठन गरेपछि १४ जिल्लालाई २८ जिल्लामा बदलिदिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement