दिल्ली एयरपोर्टमा एक्स–रे गर्दा पेटमा १६ करोडको हेरोइन फेला


नयाँ दिल्ली – दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा जो कोहीलाई पनि अचम्मित पार्ने खालको घटना भएको छ ।

प्रहरीले ७ अफगानी नागरिकलाई गिरफ्तार गरेर करीब १६ करोड रुपैयाँको २१४ क्याप्सुल बरामद गरेको छ । उनीहरु १६ नोभेम्बरमा २१४ क्याप्सुल निलेर दिल्ली पुगका थिए ।

जब उनीहरु दिल्लीका आईजीआई एयरपोर्टमा पुगे, तब भन्सार विभागका कर्मचारीलाई उनीहरुमाथि शंका भयो । कर्मचारीले उनीहरुलाई पक्रेर एक्स–रे गरेपछि विभागका कर्मचारीको होसनै उडेको थियो ।

उनीहरुको पेटमा क्याप्सुल जस्त बस्तु देखा प¥यो । विभागले तत्काल पेटबाट क्याप्सुल निकाल्नका लागि डाक्टरलाई बोलाए ।

डाक्टरको सहयोगबाट उनीहरुको पेटबाट २१४ क्याप्सुल निकालियो । भन्सार विभागले ती बस्तु क्याप्सुल भएको फेला पारे ।

बरामद भएको क्याप्सुलको मूल्य करीब १६ करोड रुपैयाँको भएको पाइयो । यी यात्री १६ नोभेम्बरमा अफगानिस्तानको कान्दहारबाट दिल्ली आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement