भारतमा वर्षा र बाढीका कारण १०० भन्दा बढीको मृत्यु


एजेन्सी । भारतमा वर्षा र बाढीका कारण १०० भन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी अधिकारीहरुका अनुसार भारतको उत्तर प्रदेश र विहारमा रेलवे ट्राफिक, सवारी साधनको आवागमन, स्वास्थ्य सेवा, विद्यालय तथा उर्जाको वितरण प्रणाली बन्द भएका बीबीसीले जनाएको छ ।

गएको विहीबार यता उत्तर प्रदेशमा मात्रै ९३ जना मानिसको मृत्यु भएको छ भने विहारमा २९ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement