राजस्थानमा बस र ट्रक एकापसमा ठोक्कियो, ११ जनाको मृत्यु


एजेन्सी – भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समय अनुसार विहानको समयमा यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि २६६ किलोमिटर टाढा पर्ने बिकानेर जिल्लाको दुनगढ नजिकै रहेको प्रहरीले जनाएको छ । ‘एउटा बस र एउटा ट्रक आज विहान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्, ११ जनाको मृत्यु भएको छ भने अरु २० जना घाइते भएका छन्,’ एक प्रहरी अधिकारीले भने ।

घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकिएको र दोषीलाई कारबाही हुने जनाएको छ

प्रतिक्रिया दिनुहोस
Advertisement