भारतका पहिलो चीफ अफ डिफेन्स जनरल रावत नेपाल भ्रमण किन आउंदैछन् ?


काठमाण्डु– भारतका पहिलो चीफ अफ डिफेन्स (सीडीएस) विपिन रावत नेपाल भ्रमणमा आउने भएका छन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार रावत आफैले नेपाल भ्रमणमा आउने ईच्छा व्यक्त गरेपछि सरकारले उनलाई नेपाल भ्रमणको निम्तो पठाएको हो ।

सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले बुधवार बैशाख ९ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको जानकारी दिएका छन् ।

जनरल रावत यसअघि भारतीय सेनाको स्थलअध्यक्ष हुंदा नेपाल भ्रमणमा आएका थिए । तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणमा रावत १५ चैत २०७३ मा नेपालको चार दिने औपचारिक भ्रमणमा काठमाण्डु आएका थिए । उनलाई हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गरेका थिए ।

यसपटकको भ्रमणका क्रममा उनले पशुपति नाथ र मुक्तिनाथको दर्शन गर्ने योजना बनाएको बुझिएको छ ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लव पौडेलले (सीडीएस) रावतको भ्रमणको नेपाल सरकारले सैद्धान्तिक दिएको भएपनि भ्रमणको कार्यतालीका र समय निर्धारण दुवै पक्षको आपसी छलफलपछि उपयुक्त समयमा निर्धारण हुने जानकारी दिए ।

मन्त्रिपरिषदको नियर्णयमा दुवै पक्षको सहमतिअनुसार नेपाल भ्रमणका लागी औपचारिक निमन्त्रणा पठाईने उल्लेख छ । उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापतिलगायतका उच्चपदस्थ अधिकारीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनि ३१ डिसेम्बर २०१९ मा भारतमा सीडीएस पदमा नियुक्त भएका थिए । सीडीएसको काम भारतीय स्थल,नौसेना र वायुसेनाको कामकाजमा तालमेल मिलाउने र देशको सैन्य सामथ्र्यलाई थप मजबुत बनाउने हुन्छ ।

नेपाली सेनाले पृतनाको संरचना खारेज गरेर चार वटा कमाण्डको अवधारणामा अघि बढ्न लागेको बेला रावतको भ्रमण हुन लागेको हो । यसअघि भारतिय सेनाअध्यक्ष एमएम नरवणेले गत वर्ष नोभेम्बरमा नेपालको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement