चीन–भारत सीमामा झडप, २४ सैनिक घाइते


काठमाण्डु – चीन र भारत सीमामा झडप हुँदा २४ सैनिक घाइते भएका छन् ।

गत साता चीन र भारत सीमास्थित उत्तरी सिक्किमको नाकुलामा दुई देशका सैनिकहरूबीच झडप भएको हो । उक्त झडपमा परी २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको इन्डिया टुडेले उल्लेख गरेको छ ।

चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यमको दाबी छ । अहिले झडप भएको स्थानमा अवस्था तनावपूर्ण भए पनि स्थिर रहेको बताइएको छ ।

पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो । नाकु लामा भएको झडपबारे भने चिनियाँ पक्षले कुनै जानकारी दिएको छैन ।

यसअघि गत असारमा भारत–चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement