आज भारत बन्द, ८ करोड व्यापारी आन्दोलनमा उत्रिए


काठमाण्डु – आज भारत बन्दको घोषणा गरिएको छ । भारतका ८ करोड व्यापारीहरुले भारत बन्दको घोषणा गरेका हुन् ।

वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई–वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् ।

अखिल भारतीय व्यापारी सङ्घ (सीएआइका)को पहलमा भएको बन्दलाई समर्थन गर्दै अल अफ इन्डिया ट्रान्सपोर्ट वेलफेयर एशोसिएसनले बिहान ६ देखि ८ बजेसम्म चक्काजाम गरेको थियो । बन्दका कारण भारतका धेरैजसो व्यापारिक क्षेत्र ठप्प भएका छन् ।

नयाँ ई–वे बिलयुक्त कारोबार रोकथाम तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि आफूहरुले आन्दोलन गरेको ट्रान्सपोर्ट एशोसिएसनका राष्ट्रिय प्रवक्ता महेन्द्र आर्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement