भारतमा भयावह बन्दै कोरोना संक्रमण, महाराष्ट्रमा लकडाउन र कर्फ्यु लगाइयो


एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै महाराष्ट्र राज्यमा लकडाउन र कर्फ्यू लगाइएको छ । महाराष्ट्र सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि हप्ताको शनिबार र आइतबार लकडाउन लगाउने निर्णय गरेको हो ।

त्यस्तै सरकारले बेलुका ८ देखि बिहान ७ सम्म दैनिक रात्रिकालिन कर्फ्यू लगाउने भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५५८ कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै कोरोनाबाट ४७८ जनाको मृत्यु भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार मात्रै भारतमा ९३ हजार २ सय ४९ कोरोना संक्रमित फेला परेका थिए ।

भारतमा कोरोना संक्रमण डरलाग्दो रुपमा बढेसँगै छिमेकी राष्ट्रहरुमा पनि यसको असर देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement