कोभिसिल्ड खोप आउन अझै एक महिना लाग्ने

कोभिसिल्ड खोप आउन अझै एक महिना लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको सिरम इन्स्टिच्युटसँग खरिद सम्झौता भइसकेको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप आउन अझै एक महिना लाग्ने भएको छ ।

आफ्ना २० प्रतिशत नागरिकलाई दुवै मात्रा खोप लगाइसकेपछि मात्र भारतले छिमेकी देशमा खोप उपलब्ध गराउने जनाएको छ । सबै प्रकारका कूटनीतिक संवाद वा द्विपक्षीय उद्योग–वाणिज्यका मामिलाभन्दा अघि बढेर दिल्लीस्थित नेपाली दूतावासले खोपका लागि पहल गरे पनि उपलब्धि केही हात लाग्न सकेको छैन् ।

भारतमा गत जनवरी १५ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको छ । आफ्नै नागरिकलाई खोप नदिएर अन्य देशमा सहयोग गरेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना भएपछि कम्पनीले भारतलाई मुख्य प्राथमिकतामा राखेर अन्य देशमा खोप निर्यात बन्द गरेको हो ।

भारतमा २० प्रतिशतले दोस्रो मात्राको खोप लगाइसक्न कम्तीमा साउन मसान्तसम्म लाग्ने अनुमान गरिएको छ । त्यसैले चाँडोमा पनि अझै डेढ महिना भारतबाट खोप आउन नसक्ने भएको हो ।