भारतमा थप ३९ हजार नयाँ संक्रमित थपिए


एजेन्सी – भारतमा कोरोनाभाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको छ ।

कुल सङ्क्रमित मध्ये अहिले चार लाख आठ हजार ९७७ जना सक्रिय अवस्थामै रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमित मध्येको १.३१ प्रतिशत भएको हो ।

भारतमा कोरोनाबाट आज ५४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या चार लाख २० हजार १६ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल ३५ हजार ८७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार भारतमा ४४.४५ करोड स्वाब परीक्षण गरिएको छ भने ४२ लाख ७८ हजारभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement