भारतमा दैनिक कोरोना संक्रमणदर घट्यो


एजेन्सी – भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमणदर ८५ हजारभन्दा तल झरेको छ ।

यसअघि दैनिक ४ लाखभन्दा बढीमा कोरोनाको सङ्क्रमण पुष्टि हुने गरेको थियो । हालसम्म विश्वका कुनै पनि मुलुकमा एक दिनमा ४ लाख सङ्क्रमित भेटिएका छैनन् । तर त्यो सङ्ख्या क्रमशः घट्दै अहिले ८५ हजारभन्दा कम भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ६९५ जना नयाँ बिरामी थपिएका छन् । तर नयाँ थपिएको सङ्क्रमित सङ्ख्या अन्य मुलुकको भन्दा उच्च हो । भारतमा हालसम्म २ करोड ९३ लाख ५८ हजार ३३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७९ लाख १ हजार ६८८ जना उपचारपछि निको हुँदै कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । १० लाख ८९ हजार २४८ जनाको उपचार भइरहेकोमा ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टाभित्र ४ हजार जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ६७ हजार ९७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement