भारतमा भेटियो कोरोनाको अर्को घातक भेरियन्ट ‘डेल्टा प्लस’


काठमाण्डु – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । कोरोना महामारीको दोस्रो लहरमा आतंक मच्चाइरहेको डेल्टा भेरिएन्ट उत्परिवर्तन भएर नयाँ भेरियन्ट बनेको हो ।

यस नयाँ भेरिएन्टलाई भारतका वैज्ञानिकले ‘डेल्टा प्लस’ नामकरण गरेका छन् । यो ‘डेल्टा प्लस’ डेल्टा भेरिएन्ट भन्दा अझ संक्रामक बनेको हो । अहिलेसम्म यो नयाँ भेरिएन्ट भारतका ६ राज्यमा ८ वटा नमुनामा पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

वैज्ञानिकले ‘लाई के४१७एन को नाम पनि दिएका छन् । यो बी.१.६१७ (डेल्टा) माव्यक्ति फेला परेको हो । यो भेरियन्टले सीधै एन्टिबडीमा आक्रमण गर्ने बताइएको छ ।

के४१७ (डेल्टा प्लस) म्युटेसन भाइरसको स्पाइक प्रोटिनमा ४१७ जस्तो परिवर्तन भएर आएकोले यसले मानिसलाई पटकपटक संक्रमण गर्न डेल्टा प्लस’सक्ने वैज्ञानिकहरूले  बताएका छन् ।  वैज्ञानिकहरूले डेल्टा प्लस’  भेरिएन्टले खोप लगाइसकेका लाई पनि संक्रमण गर्ने बताएका छन् ।

यो भेरिएन्ट सबैभन्दा बढी तमिलनाडुमा देखिएको छ । त्यहाँ ३ जना बिरामीमा देखिएको छ । यसबाहेक महाराष्ट्र, गुजरात, ओडिसा, कर्नाटक र आन्ध्र प्रदेशका एक एक संक्रमितमा डेल्टा प्लस भेरिएन्ट देखापरेको छ ।

दिल्ली, बिहार, उत्तर प्रदेश, मध्यप्रदेश र राजस्थानका नमुनाको पनि सिक्वेन्सिङको नतिजा आउन बाँकी छ । गत अप्रिल ५ देखि मे १५ सम्म परीक्षण गरिएका नमुनामध्ये ८ वटामा नयाँ म्युटेसन (डेल्टा प्लस) देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement